२०८१ बैशाख १० – माननीय अर्थमन्त्री श्री वर्षमान पुनज्यू संग भेटवार्ता

२०८१ बैशाख १० – अर्थमन्त्रालय ,सिंहदरबारमा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ लगायत उपस्थित पदाधिकारी , कार्यसमिति सदस्यहरुले आ.व. २०८१ /८२ को बजेट तथा आर्थिक विधेयक २०८१ का लागी माननीय अर्थमन्त्री श्री वर्षमान पुनज्यू संग भेटवार्ता साथै हालको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनका रायसुझाव पेश गरिएको थियो । उक्त भेटवार्तामा उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कोषाध्यक्ष श्री प्रदिप मान प्रधान , कार्यसमिति सदस्य श्री पे्रमहरि मैनाली , कार्यसमिति सदस्य श्री उज्जवल जंग शाह , कार्यसमिति सदस्य श्री कुशन प्रधानको सहभागिता रहेको थियो ।

२०८० चैत्र २४ गते – बागमती प्रदेशका नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई स्वागत एवं सम्मान कार्यक्रम साथै नववर्ष २०८० को टेबुल क्यालेण्डर विमोचन

नेपाल सरकार बागमती प्रदेशमा नवनियुक्त माननीय स्वास्थ मन्त्री श्री रामेश्वर श्रेष्ठ ज्यु , माननीय पर्यटन तथा सहकारी मन्त्री श्री शैलेन्द्रराज बज्राचार्यज्यु र माननीय उद्योग, वाणिज्य,भुमी तथा प्रशासन मन्त्री श्री प्रकाश श्रेष्ठज्यु लाई यस संघको सचिवालय कान्तिपथमा अध्यक्ष श्री दिनेश श्रेष्ठज्यु लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यज्युहरु बाट स्वागत,सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गरीयो । उक्त प्रदेश सरकार र उद्योग वाणिज्य संघहरुको सहकार्यमा बागमती प्रदेशभित्रका उद्योग र व्यापारको विकास र प्रवद्र्धनका लागी के , कसरी , कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा छलफल गरीयो ।साथै उक्त कार्यक्रम पश्चात यस संघले नियमित प्रकाशन गर्ने नेपाली नववर्ष २०८० को टेबुल क्यालेण्डर माननीय मन्त्रीज्यूद्वारा विमोचन समेत गरीयो ।

नेउवामहासंघ – बागमती प्रदेशद्वारा आयोजित “बागमती प्रादेशिक महिला उद्यमी सम्मेलन २०८० ”

२०८० चैत्र १८ र १९ – नेपाल सरकार बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र नेउवामहासंघ – बागमती प्रदेशको सहकार्यमा आयोजित “बागमती प्रादेशिक महिला उद्यमी सम्मेलन २०८० ” मा यस संघका महिला समितिका ४ जना सदस्य श्री बिमला श्रेष्ठ , श्री इन्दिरा दाहाल गौत्तम , श्री यशोदा थापा मगर र श्री कृष्ण प्रभा जोशीले आआफ्नो व्यवसायको उत्पादनहरु सहित सम्मेलनमा सहभागिता भएको थियो ।उक्त सम्मेलनमा उद्यमशीलता विकास ,वित्तिय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रम संचालन कार्यविधि अन्तर्गत बाग्मति प्रदेश महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ( सामाजिक बिकास मन्त्रालय )बाट१ नगरपालिकाबाट १ जना उत्कृष्ट महिला उद्यमी छनौटमा यस संघका कार्यसमिति सदस्य एवं महिला समितिका सभापति श्री मिना गोपाली चन्द्रागिरि नगरपालिकाबाट छनौट भएको थियो ।

आन्तरिक राजस्व कार्यालय , कालिमाटीको अवैध मदिरा नियन्त्रण व्यवस्था बैठकमा कार्यसमिति सदस्य श्री प्रेम हरि मैनालीको सहभागिता

 २०८० चैत्र १८ –  आन्तरिक राजस्व कार्यालय , कालिमाटीको कार्यक्षेत्र किर्तीपूर नगरपालिका र दक्षिणकाली नगरपालिका अन्तर्गत अवैध मदिरा नियन्त्रण व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नको लागी राखिएको  बैठकमा यस संघका कार्यसमिति सदस्य श्री प्रेम हरि मैनालीकले   सहभागिता जनाउनु भएको थियो । 

२०८० फाल्गुण ११ – हेटौडामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सातौँ प्रदेश सभामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठले सहभागिता जनाएको थियो ।

नेपाल फल्स सिलिङ्ग एण्ड प्रिफ्याब एसोसिएशनको प्रथम वार्षिक साधारण सभा

२०८० फाल्गुण १९ – नेपाल फल्स सिलिङ्ग एण्ड प्रिफ्याब एसोसिएशनको प्रथम वार्षिक साधारण सभामा यस संघका उपाध्यक्ष श्री रमानाथ श्रेष्ठज्यूको सहभागिता रहेको थियो ।

मेला,प्रदर्शनी तथा प्रकाशन समिति र सुचना प्रविधि समितिलाई पूणर्ता

२०८० फाल्गुण ०९ – यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले मेला,प्रदर्शनी तथा प्रकाशन समिति र सुचना प्रविधि समितिलाई पूणर्ता दिएको छन् । मेला,प्रदर्शनी तथा प्रकाशन समितिका सभापतिमा संघका का.सदस्य श्री उज्जवल जंग पराक्रम शाह र सह सभापतिमा संघका कोषध्यक्ष श्री प्र्रदिप मान प्रधान छन् । यसैगरी सुचना प्रविधि समितिका सभापतिमा संघका का.सदस्य श्री दीपक भण्डारी छन् साथै सुचना प्रविधि समितिको सल्लाहकारमा कम्प्युटर एशोसियसन नेपाल महासंघ९ ऋब्ल् ०का पूर्व अध्यक्ष श्री विप्लव मान सिंह र कम्प्युटर एशोसियसन नेपाल महासंघ९ ऋब्ल् ०का पूर्व अध्यक्ष श्री विनोद ढकाललाई मनोनयन गरीएका छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । सुचना प्रविधि समिति सभापति 

२०८० माघ २८ स्वास्थ्य कार्यालय काठमाडौँ को दादुरा रुवेला खोप अभियान सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिको वैठकमा यस संघका का.सदस्य एवं सामाजिक समितिका सभापति श्री दीपक भण्डारीको सहभागिता रहेको थियो ।

२०८० माघ २८ स्वास्थ्य कार्यालय काठमाडौँ को दादुरा  रुवेला खोप अभियान सम्बन्धी जिल्लास्तरीय खोप समन्वय समितिको वैठकमा यस संघका का.सदस्य एवं सामाजिक समितिका  सभापति श्री दीपक भण्डारीको सहभागिता रहेको थियो ।

कार्यक्रम , तालिम तथा प्रशिक्षण समिति , आयात निर्यात समिति , नीति तथा कानुन अध्ययन सुझाव समिति , रोजगारदाता समिति , सामाजिक समितिलाई पूणर्ता

२०८० माघ २१ अमृत भोग  इभेन्ट भेन्यु , कालिकास्थानमा  यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रम , तालिम तथा प्रशिक्षण समिति , आयात निर्यात समिति , नीति तथा कानुन अध्ययन सुझाव समिति  , रोजगारदाता समिति  , सामाजिक समितिलाई पूणर्ता दिएको छन् । कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ छन् भने  आयात निर्यात समितिका सभापतिमा संघका का.सदस्य श्री  कुशन प्रधान छन् यसैगरी नीति तथा कानुन अध्ययन सुझाव समितिका सभापतिमा संघका का.सदस्य श्री शिशिर बहादुर गौतम  , रोजगारदाता समितिका सभापतिमा श्री सागर शाक्य र  सामाजिक समितिका सभापतिमा श्री दीपक भण्डारी छन् । उक्त समितिहरुमा  तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको  थियो । कार्यक्रम , तालिम तथा प्रशिक्षण समितिमा सह सभापतिमा नेपाल कस्टम तथा डिजाइनर्स संघका अध्यक्ष  श्री राज मान डंगोल , समितिका सदस्य पदमा श्री  मिना गोपाली , जुक्ता उत्पादक संघ नेपालका उप महासचिव श्री दिपेन्द्र थापा  , नेपाल शैक्षिक परामर्श संघका सह कोषाध्यक्षश्री  विकल्प राज पोख्रेल  , अप्टिक आइजका प्रबन्धक निर्देशक श्री मनोज धिमाल ,  ईन्टर मिडिया पल्स प्रा.लि. का प्रबन्धक निर्देशक  श्री पर्वत श्रेष्ठ मनोनित भएका छन्।   आयात निर्यात समितिको सदस्यमा काठमाडौँ विद्युतिय व्यवसायी संघका अध्यक्ष श्री दिवेश कुमार जैन , उपाध्यक्ष श्री मिलन शिवाकोटी उपाध्यक्ष , बागमती प्रदेश हस्तकला संघका महासचिव श्री मनमोहन सिंग मल्ल  , जुक्ता उत्पादक संघ नेपालका कोषाध्यक्ष श्री अनुप मानन्धर  , ग्लोबल आई  ट्रेडका श्री केशव प्रसाद मैनाली , नेपाल भन्सार एजेन्ट संघका सदस्य श्री  सन्तोष पोखरेल , रुचिका ट्रेड कन्सर्नका श्री ऋषि कुमार अग्रवाल ,  श्री अवानिश प्रधानङ् मनोनित भएका छन्।   नीति तथा कानुन अध्ययन सुझाव समितिको सदस्य पदमा नेपाल वितरक संघका सदस्य श्री अशोक कुमार कँडेल , नेपाल भन्सार एजेन्ट संघका श्री बोलाराम पाण्डे , अधिवक्ता श्री दामोदर तिमल्सिना , भन्सार एजेन्ट श्री उपेन्द्र राज पाण्डे  , चार्टर्ड एकाउन्टेन्ट श्री  स्थीर बुढाथोकी मनोनित भएका छन्।   रोजगारदाता समितिको सदस्य पदमा  खिचापोखरी न्युरोड व्यापार संघका महासचिव श्री राम कुमार पण्डित , जुक्ता उत्पादक संघ नेपालका सचिव  श्री योगेन्द्र पाण्डे ,नेपाल पर्यटक यातायत व्यवसायी संघका महासचिव श्री केदारनाथ कट्टेल पन्चकन्या बचत तथा ऋण सहकारी संस्थाका  श्री बादल ढकाल , अनन्या हलिडेज प्रा.लि.का प्रबन्धक निर्देशक  श्री सरल प्रधान  , बाजेको सेकुवा प्रा.लि.का प्रबन्धक निर्देशक श्री नितिमा भण्डारी कार्की  ,  , ट्राभल डेक्स प्रा.लि.प्रबन्धक निर्देशक श्री प्रवल चित्राकार र श्री रिभा शाह मनोनित भएका छन्।   सामाजिक समितिको सदस्य पदमा  नेपाल पर्यटक यातायत व्यवसायी संघका उपाध्यक्ष श्री विनोद तामाङ् ,ईपिक कम्प्यूटर्स प्रा.लि.का श्री मिलन पन्त सह सभापति ,सुर्य क्रियसन प्रा.लि.का  श्री जानकी थापा मगर  , एस के स्टोरका श्री शैलेन्द्र न्यौपाने , नमस्ते एजुकेशन कन्सलटेन्सी प्रा.लि.का श्री गौरव देवकोटा , फ्लिकर आर्ट प्रा.लि.का श्री विष्णु बाबु पन्त ,पाथवे एजुकेशन प्रा.लि. का  श्री सरोज पाण्डे ,जुत्ता उत्पादक संघ नेपालका श्री आकाश भण्डारी मनोनित भएका छन्।  

२०८० माघ १६ शहिद दिवसको अवसर नेपाली सेनाको फोटो प्रदर्शनी कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले सहभागीता जनाउनु भएको थियो ।

२०८० माघ १६  – शहिद दिवसको अवसर नेपाली सेनाको  फोटो प्रदर्शनी कार्यक्रममा यस संघका  अध्यक्ष श्री दिनेश श्रेष्ठले  सहभागीता जनाउनु भएको थियो ।