कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता

अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता दिएको थियो । उक्त समितिको सभापतिमा संघका सह – कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि सदस्य श्री नानिराज घिमिरे छन् । यसै गरी सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका का. सदस्य श्री राम चन्द्र खेतान छन् । उक्त समिति अन्तर्गत कृषि उपसमिति , पर्यटन उपसमिति र उद्योग उपसमिति गठन गरीएको छ । समितिमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । उद्योग समिति अन्तर्गत सदस्यहरुमा रामचन्द्र खेतान, होमनाथ उपाध्याय, कुमार तिमिलसिना, विश्व नाथ खनाल, अजय सिंह कार्की, हरिप्रसाद भण्डारी, धुर्व गौत्तम, विजय अधिकारी छन् ।कृषि उपसमितितर्फ अजित बजगाईं, सरोज श्रेष्ठ, हिरामणि शर्मा र अनिस अग्रवाल छन् ।त्यस्तै, पर्यटन उपसमितितर्फ गंगा प्रसाद नेपाल, केदार नाथ कट्टेल, कृष्णबहादुर सुवेदी, शिवप्रसाद पौडेल र ऋषिराम अर्याल नियुक्त भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।मनोनित भएका सम्पूर्णलाई मनोनयन पत्र वितरण गरिएको छ ।समितिको वैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्ने बारे बृहत छलफल समेत भएको थियो ।
नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभा

२०८० माघ ०६ – अनुपम फुडल्याण्ड , गौशालामा सम्पन्न नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठ र का.सदस्य श्री प्रेम हरि मैनाली उपस्थिति थियो । उक्त सभाबाट यस संघका का.सदस्य एवं वाणिज्य , आपूर्ती तथा उपभोक्ता समितिका सभापति श्री प्रेम हरि मैनाली नेपाल वितरक संघको उपाध्यक्ष पदमा निर्वाचित भएको थियो
Interaction with Ms.Inmaculada Riera , Director of Spain Chamber of Commerce

नेपाल भ्रमणमा रहनु भएका Spain chamber of commerce का प्रबन्ध निर्देशक Ms.Inmaculada Riera र यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ बीच दुई देश बीचको व्यापरिक सम्बन्ध कायम गर्ने बारेमा मैत्रीपुणर् छलफल कार्यक्रम गरियो ।
कर , राजस्व तथा भन्सार समिति गठन

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले कर , राजस्व तथा भन्सार समिति लाई पूर्णता दिनुभएको छ। उक्त समितिको सभापतिमा कार्यसमिति सदस्य एवं NEFFA का वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र संग्रौला छन् भने समितिका सह – सभापतिमा बिशाल बजार व्यापार संघका अध्यक्ष श्री नरेन्द्र कुमार गुप्ता छन। यसै गरी उक्त समितिमा राष्ट्रिय व्यापार संघका अध्यक्ष श्री सरोज कुमार श्रेष्ठ , जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष श्री थानेश्वर ज्ञवाली , मार्ट संचालक संघका अध्यक्ष श्री रंजित लामिछाने , खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष श्री गणेश कुमार न्यौपाने , NEFFA का उपाध्यक्ष नरेश कुमार अग्रवाल , फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव श्री ज्ञानेन्द्र प्रसाद दाहाल , रन्जना व्यापार संघका सदस्य श्री महेश पौडेल ,नेपाल बितरक संघ का सचीव श्री नवराज दहाल लगायत यस संघका साधारण सदस्यहरु श्री कुमार खरेल , श्री सहदेव बन्जारा , श्री गणेश कार्की , श्री गणेश टन्डन लाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र भक्तपुर उद्योग वाणिज्य संघ बीच भातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (MOU ) एकआपसमा हस्तान्तरण कार्यक्रम

२०८० पौष २६ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र भक्तपुर उद्योग वाणिज्य संघ बीच समस्त उद्योग वाणिज्य क्षेत्रको हित र प्रवद्र्धनका लागि भातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (MOU ) एकआपसमा हस्तान्तरण कार्यक्रम यस संघको सचिवालयमा सम्पन्न गरीयो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ र कोषाध्यक्ष श्री प्रदिप मान प्रधान उपस्थिति थियो । यसैगरी भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष श्री शिव प्रसाद मानन्धर , उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपाने , उपाध्यक्ष श्री राजेन्द्र प्रसाद प्रजापति , उपाध्यक्ष श्री गणेश हरि प्रजापति, महासचिव श्री दिनेश गोसाई , कोषाध्यक्ष श्री सचिन्द्र प्रधानाङ्ग , का.सदस्य श्री अमर मानन्धर , का.सदस्य श्री नविन प्रजापति उपस्थिति थियो ।
कार्यशाला गोष्ठी २०८०

होटल कन्ट्री भिल्ला , नगरकोटमा यस संघको कार्यशाला गोष्ठी सम्पन्न भयो।
Luncheon Interaction Program with Indian Delegates

२०८० असोज २१ – याक प्यालेस , पुल्चोकमा गोदावरी उद्योग वाणिज्य संघ, चन्द्र्रागिरि उद्योग वाणिज्य संघ , यस संघ र छिमेकी मुलुक भारतबाट फुड , बेभरेज एण्ड हस्पिटालिटि एक्जिभिजन मा भाग लिन आउनुभएका उद्योगी व्यवसायीहरु बीच (Luncheon Interaction Program with Indian Delegates ) अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।
महिला उद्यमीहरुलाई कर सम्बन्धि तालिम कार्यक्रम

२०८० असोज १६ र १७ – नेपाल उद्योग वाणिज्य महासंघ संग सहकार्य गरी होटल खुसि खुसि , मातातिर्थमा GIZ को प्राविधिक सहयोगमा महिला उद्यमीहरुलाई कर सम्बन्धि तालिम कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रमको उद्घाटन सम्मरोहमा चन्द्रागिरि उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण भक्त श्रेष्ठ ,का. सदस्य श्री राम कुमार थापा , का.सदस्य गीता देवी भुसाल , यस संघका उपाध्यक्ष श्री रमा नाथ श्रेष्ठ , श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ , कोषाध्यक्ष श्री प्रदीप मान प्रधान , का.सदस्य श्री राजेन्द्र संग्रौला , का. सदस्य श्री शिशिर बहादुर गौतम , वडा नं ८ का सदस्य श्री स्वस्थानी सुर्खेती को सहभागिता थियो । उक्त तालिम चार्टर्ड एकाउन्टेन्ट बाट ७५ जना महिला उद्यमीहरुलाई दिईएको थियो ।
तेस्रो वार्षिक साधारण सभा उद्घाटन कार्यक्रम

२०८० असोज ५ गते शुक्रबार , होटल अलफ्ट , ठमेलमा अर्थ सचिव श्री कृष्ण हरी पुष्करज्यू द्वारा यस संघको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न
उद्योगी व्यवसायी , नेपाल राष्ट्र बैंक तथा बैंकरहरु विच “वित्तिय समस्या र समाधान ” विषयक अन्तरक्रिया कार्यक्रम

२०७९ अशोज ११ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा उद्योगी व्यवसायी , नेपाल राष्ट्र बैंक तथा बैंकरहरु विच “वित्तिय समस्या र समाधान ” विषयक अन्तरक्रिया कार्यक्रम होटल येलो प्यागोडा, कान्तिपथमा सम्पन्न गर्यो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान वित्तिय समस्या र समाधान वारे देशै भरिका विभिन्न उद्योगी व्यवसायीहरु, जिल्ला उद्योग वाणिज्य संघहरू तथा वस्तुगत संघहरू वाट संकलन गरिएका बैकिंग सम्बन्धित समस्याहरू र समाधान वारे तयार गरिएको ज्ञापन पत्र नेपाल राष्ट्र वैंकका निर्देशक इश्वरी प्रसाद भट्टराई र वैंकर्स संघ नेपालका अध्यक्ष अनिल उपाध्याय लाई हस्तान्तरण गरेको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ वाट उपाध्यक्ष अन्जन श्रेष्ठ , उद्याेग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ तथा केन्द्रीय कार्यसमिति सदस्यहरुको उपस्तिथि रहयो । कार्यक्रममा काठमाण्डौ जिल्लाका उद्योगी व्यवसायीहरु, बस्तुगत संघहरू , नेपाल उद्याेग वाणिज्य महासंघ संग आवद्ध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु र वस्तुगत संघहरु को उल्लेख्य सहभागीता रहेको थियो ।