यस संघद्धारा चाँडपर्वको मुखमा बजारमा आउन सक्ने समस्याहरु , वजार व्यवस्थापन , वैङ्क व्याज सम्बम्न्धि, वजार अनुगमन लगायत विभिद समसामहिक विषयहरुमा विभिन्न वस्तुगत संघ सस्थाहरु तथा काठमाण्डौका व्यवसायीहरू संग एउटा कार्यक्रम विच छलफल गरियो।

२०७९ भाद्र १९ गते होटल Yellow Pagoda , कान्तिपथमा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्धारा चाँडपर्वको मुखमा बजारमा आउन सक्ने समस्याहरु , वजार व्यवस्थापन , वैङ्क व्याज सम्बम्न्धि, वजार अनुगमन लगायत विभिद समसामहिक विषयहरुमा विभिन्न वस्तुगत संघ सस्थाहरु तथा काठमाण्डौका व्यवसायीहरू संग एउटा कार्यक्रम विच छलफल गरियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौ को तर्फ बाट काठमाडौ महानगरपालिकाको आ व २०८९/८० को लागि नीति तथा कार्यक्रम को लागि काठमाडौ का प्रमुख श्री बालेन्द्र शाह ज्यु लाई लिखित सुझाव पेस गर्नु हुँदै यस संघका कर तथा राजस्व समितीका सभापति श्री नानी राज घिमिरे।

२०७८ पौष १२ , आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा सम्यूक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालिको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा अन्तरक्रिया कार्यक्रम

२०७८ पौष १२ , आन्तरिक राजश्व विभाग तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा सम्यूक्त रुपमा आयोजित कर सहभागीतामा विद्युतीय प्रणालिको उपयोग र आर्थिक एन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतका विषयमा अन्तरक्रिया कार्यक्रम आन्तारिक राजश्व विभाग लाजिम्पाटको सभाकक्षमा सफलता पूर्वक सम्पन्न भएको छ । संघका तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले कार्यक्रममा उद्योगी व्यवसायीहरुको राजश्व संग सम्बन्धित समस्याहरुको वारे प्रकाश पार्नु भयो र संघ र विभाग विच यस प्रकारको सहकार्यलाई निरन्तरता दिदै काठमाण्डौ मित्र अन्य वस्तुगत संघहरु तथा क्षेत्रगत व्यवसायीक संघ संस्थाहरूसंग मिलेर आयोजना गर्दै जाने कुरा राख्नु भयो । कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक श्री शोभाकान्त पौड्याल, उप महानिर्देशक श्री अर्जुन प्रशाद भट्टराई, सुचना प्रविधि निर्देशक श्री चुडामणी ढुंगाना तथा शाखा अधिकृत श्री प्रदिप रेग्मी द्वारा व्यवसायीहरुले उठाएका जिज्ञासाहरु माथी प्रकाश पार्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु , राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्यहरू तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा महत्वपूर्ण चार वटा समितिहरुको गठन

२०७८ पौष ५ गते नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा महत्वपूर्ण चार वटा समितिहरुको गठन गरेको छ । होटल प्यासाफिक, कान्तिपथमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणित्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य तथा आपूर्ति ,भन्सार ,सुचना प्रविधि तथा व्यापार मेला समितिका सदस्यहरलाई मनोनयन पत्र वितरण गरेको छ । समितिका समापति श्री दुर्गा राज श्रेष्ठ ( वाणिज्य तथा आपूर्ति समिति), श्री सदिश श्रेष्ठ ( व्यापार मेला समिति), श्री दिपक भण्डारी ( सुचना प्रविधि समिति) र राजेन्द्र संग्रौला (भन्सार समिति) अन्तर्गतका समितिहरुमा ३० जना विभिन्न वस्तुगत संघ , क्षेत्रगत व्यवसायी संघ र उद्योगी व्यवसायीहरूलाई मनोनयन गरी मनोनयन पत्र वितरण गरेको छ । उक्त कार्यक्रममा यस संघका कार्यसमिति सदस्य श्री प्रदिप मान प्रधान लाई नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको कार्यसमिति सदस्यमा निर्वार्चित हुनुभएकोमा बधाई दिने कार्यक्रम समेत रहेको थियो।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा जिल्ला प्रशासन कार्यलय काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल लाई स्वागत गर्दै

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ द्वारा जिल्ला प्रशासन कार्यलय काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजाल लाई स्वागत गर्दै चाँड पर्व नजिकिदै गर्दाको अवस्थामा आपूर्ति सहज गर्ने , वजार अनुगमन लाई व्यवस्थित गर्ने , सामान ढुवानी गर्ने समयाअवधि थप गर्ने, मदिरा जन्य पदार्थको विक्री वितरणको समयाअवधि थप गर्ने ,जग्गा मूल्याङकन , कोरोना माहामारी नियत्रण गर्न सावधानी लिने लगायत समसामयीक विषयहरुमा छलफल गरियो । छलफल कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी , माहानगरीय ट्राफिक प्रहरी प्रभागका एस एस पी जनक भट्टराई , नेपाल उद्योग वाणिज्य संघ काडमाण्डौका उपाध्यक्ष हेमराज ढकाल , जय प्रशाद शिवाकोटी, राजेन्द्र शेरचन ,महासचिव रमानाथ श्रेष्ठ, सह कोषाध्यक्ष दुर्गाराज श्रेष्ठ तथा कार्यसमिति सदस्य श्री सदिश श्रेष्ठ, महेन्द्र कुमार गोयल , नानीराज घिमिरे, गोविन्द प्रशाद बराल ,अमूल काजी तुलाधर , शंकरापुर उद्योग वाणिज्य संघ का अध्यक्ष सुरेन्द्र वहादर श्रेष्ठ तथा सदस्य सत्यनारायण श्रेष्ठ को सहभागीता थियो ।

कोरोना महामारीको समयमा महानगरीय प्रहरी वृत , अनामनगर लाई PPE , MASK र FACE SHIELD हस्तान्तरण

यस  संघले   कोरोना महामारीको समयमा अनामनगर प्रहरी वृतलाई महानगरीय प्रहरी वृत , अनामनगर लाई PPE , MASK र FACE SHIELD हस्तान्तरण  गरियो।

उपमेयर श्री सुनिता डंगोलज्यू संग भेटघाट

२०८१ जेष्ठ ३१ – यस संघले काठमाडौँ महानगरपालिका संग सहकार्य र व्यवसायिक छलफल गर्नका लागी महानगरपालिकाको निकट भविष्यमा आउने बजेट र बजेट पूर्व काठमाडौँ महानगरपालिकाको उपमेयर श्री सुनिता डंगोलज्यू संग भेटघाट गरीएको थियो । उक्त भेटघाटमा सरकार र स्थानिय निकाय संग सहकार्य गर्दै जिल्ला भरका सबै उद्योगी व्यवसायीहरुमा सरकारी नीति नियमबारे जानकारी दिन, चेतना मूलक कार्यक्रम गरी कामगरी खाने वर्गलाई सहज दिन यस संघ प्रतिवद्ध भएको अध्यक्ष श्री दिनेश श्रेष्ठले जानकारी दिनुभएको थियो । साथै कर,राजस्व तथा अनुगमन समितिमा यस संघलाई पनि समावेश  गर्न , महानगरपालिका भित्रका उद्योग व्यवसायको अभिलेख राख्न , दर्ताका लागी सहकार्य गर्न अनुरोध गर्नुभएको थियो ।  यसै गरी स्वरोजगार महिला उद्यमी व्यवसायीहरुलाई कर, राजस्व, बहाल करमा छुट गरी  कृषि र औद्योगिक उत्पादन वृद्धिको आधारमा अनुदान दिई व्यवसायमा प्रोत्साहनका लागी र लागत कम गर्न उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम आयोजनाका लागी अनुरोध गर्नुभएको थियो ।  

नेउवामहासंघ संग आवद्ध वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ संग आवद्ध संघहरुको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरू लाई  सम्मान स्वागत , बधाई तथा सम्मान कार्यक्रम 

२०७९ असोज ३१ गते , सोमबार, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौले नेपाल उद्योग वाणिज्य महासंघ संग आवद्ध वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ संग आवद्ध संघहरुको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा होटल ऐलो प्यागोडा कान्तिपथमा एउटा कार्यक्रम विच स्वागत , बधाई तथा सम्मान प्रदान गरेको छ । कार्यक्रममा नेपाल उद्याेग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष तथा महासंघका उपाध्यक्ष श्री दिनेश श्रेष्ठले सम्मानित संघहरूलाई बधाई पत्र प्रदान गरेको थियो। कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा संघका उपाध्यक्ष श्री हेमराज ढकाल , केन्द्रिय सदस्य श्री भक्त बहादुर हमाल , महासंघ संग आवद्ध १९ वटा संघहरु तथा जिल्ला संग आवद्ध १२ वटा संघलाई बधाई तथा सम्मान पत्र द्वारा शुभकामना प्रदान गर्दै सम्मान गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ तथा वाणिज्य, आपूर्ति तया उपभोक्ता संरक्षण विभाग विच विभागको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम

२०७८ पौष १६ ,नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ तथा वाणिज्य, आपूर्ति तया उपभोक्ता संरक्षण विभाग विच विभागको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष श्री दिनेश श्रेष्ठले महानिर्देशक श्री प्रेम कुमार श्रेष्ठ लाई स्वागत गर्दै उपभोक्ता हित संरक्षण ऐन, नाप तौल ढक तराजु संग समन्धित ऐनहरु कार्यान्वयनमा समस्या रहेको हुनाले उक्त ऐनहरु पुनरावलोकन गर्नु पर्ने, विभागले विद्युतिय माध्यम वाट सेवा सुविधा विस्तार गर्नुपर्ने, जिल्लाका व्यवसायीहरु लाई जिल्ला प्रशासन कार्यालय वाट हुने अनुगमन व्यवस्थित गर्नुपर्ने, साना तथा घरेलु उद्योगी व्यवसायी माथि लगाइने जरिवाना सम्बन्धमा, म्याद नाघेका वस्तुको व्यवस्थापन गर्ने सम्बन्धमा तथा राज्यले उद्योगी व्यवसायी वाट उठाएको कर राजश्व वाट उद्योगी व्यवसायीहरुलाई व्यवसाय संचालन गर्न आवश्यक पर्ने ऐन कानुन सम्बन्धमा शिक्षा दिन केही वजेट व्यवस्थापन गर्नु पर्ने जस्ता महत्वपूर्ण विभिद विषयहरु वारे कार्यक्रममा व्यवसायीहरुको तर्फ वाट आफ्नो भनाई राख्नु भयो। कार्यक्रममा विभागका तर्फ वाट महानिर्देशक श्री प्रेम कुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुले राखेका जिज्ञासाहरुलाई संवोधन गर्नु हुदै सहकार्य गर्दै अघि वढने कुरा राख्नु भयो । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका वाणिज्य तथा आपूर्ति समितिका सभापति श्री दुर्गाराज श्रेष्ठले उपस्थित सवैलाई स्वागत तथा धन्यवाद दिनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, संघको विभिन्न विषयत समितिका सदस्यहरु, संघ संग आवद्ध विभिन्न वस्तुगत तथा क्षेत्रगत संघ संस्थाहरुको सहभागीता रहेको थियो । सहभागी उद्योगी व्यवसायीहरुले Shipping Line द्वारा मनोमानी भाडा लिएर स्वदेशी निर्यात मा परेको असर, लत्ता कपडामा MRP राख्न परेको व्यवहारिक समस्या, DAP र TTA मा लिने अधिकतम शुल्क वाट साना व्यवसायी लाई परेको समस्या , बैंक र विमा कम्पनिको व्याज र प्रिमियम समन्धमा , वस्तुमा गलत तवरले उत्पादक र डिलरले Re-labeling गरेर विक्रि गरेको वस्तु लाई विभाग वाट खुद्रा व्यापारीको पसल वाट अनुगमन हुदा यो सम्बन्धमा अनविज्ञ रहेको खुद्रा व्यापारी लाई एकहोरो अनुसन्धान र कार्यवाही वाट उत्पन्न समस्या, उपत्यका ट्राफिक कार्यालयले काठमाण्डौ उपत्यका भित्र अवैज्ञानिक तवरले मालसामान ढुवानी गर्ने समय सिमा राखेको बाट उत्पन्न समस्या , दर्ता नगरी अव्यवस्थित तवरले फुटपाथमा संचालन हुने व्यवसाय वाट उत्पन्न समस्या , वजारमा न्यून विजकीकरणको समस्या लगायत विभिद महत्वपूर्ण विषयहरूमा छलफल भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।