नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा First Runner up उपाधि 

२०८१ असोज ०३ – नेपाल निर्यात परिषद् ( ECON ) द्वारा आयोजित 1st ECON President Cup Futsal Tournament 2081 मा यस संघ सहभागी भएको थियो । उक्त प्रतियोगितामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठको अध्यक्षतामा , कार्यसमिति सदस्य श्री शिशिर बहादुर गौत्तम ,  साधारण सदस्य श्री जित श्रेष्ठ , श्री सुनिल  मर्हजन , श्री कौरब पाण्डे , श्री निहाल विक्रम राणा , श्री सरोज घिसिङ , श्री सुरज बस्नेत को टिम बनाई First Runner up उपाधि र श्री जित श्रेष्ठले High Scorer Award हासिल गर्न सफल भएको थियो । साथै प्रतियोगितामा टिमलाई साथ र हौसला बढाउन यस संघका वरिष्ठ उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन ,  का.सदस्य श्री राजेन्द्र संग्रौला , का.सदस्य श्री प्रेम हरि मैनाली , का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।

विश्व लगानीकर्ता सप्ताह २०२४

२०८१ कार्तिक ०६ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूको सभापतित्व एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्री महेश बरालज्यूको प्रमुख आतिथ्यतामा उद्योगी , व्यवसायी तथा  लगानीकर्ताहरुमा पुँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्ड , नेउवामहासंघ , नेउवामहासंघ बागमती प्रदेश र नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको सहकार्यमा विश्व लगानीकर्ता सप्ताह २०२४   ( सेयरबजार सम्बन्धी सचेतना  कार्यक्रम ) एल्लो प्यागोडा होटल , कान्तिपथमा आयोजना गरीयो ।

बजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम

बजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमबजार अनुगमन-दृष्टिकोण र धारणा विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम

होटल र्‍याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत

२०८१ असोज ०३ – होटल र्‍याडिसन , लाजिम्पाटमा माल्टाका राजदुत श्री रुबेन गौची लाई संघको तर्फबाट स्वागत गरीएको थियो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री  राजेन्द्र शेरचन  , का.सदस्य श्री उज्जवल जंग शाह र का.सदस्य श्री सागर शाक्य उपस्थिती हुनु भएको थियो ।