२०८० माघ १६ शहिद दिवसको अवसर नेपाली सेनाको फोटो प्रदर्शनी कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले सहभागीता जनाउनु भएको थियो ।
२०८० माघ १६ – शहिद दिवसको अवसर नेपाली सेनाको फोटो प्रदर्शनी कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठले सहभागीता जनाउनु भएको थियो ।
वाणिज्य , आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूणर्ता

२०८० माघ १५ – अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले वाणिज्य , आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूणर्ता दिएको छन् । वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिका सभापतिमा संघका का.सदस्य एवं नेपाल वितरक संघका उपाध्यक्ष श्री प्रेम हरि मैनाली छन् भने सहसभापतिमा संघका का.सदस्य एवं नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष श्री नविन लुईटेल छन् । यसै गरी महिला समितिका सभापतिमा संघका का.सदस्य श्री मिना गोपाली छन् भने सहसभापतिमा श्री कविता मानन्धर छन् । उक्त समितिहरुमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो ।वाणिज्य , आपूर्ति तथा उपभोक्ता समितिकाे सदस्य पदमा श्री टंक प्रसाद शेरचन -उपाध्यक्ष नेपाल खाद्य किराना व्यवसायी संघ , श्री हरि प्रसाद पाण्डे – अध्यक्ष , रञ्जना व्यापार संघ , श्री मिलन घिमिरे – अध्यक्ष , सञ्चय कोष भवन व्यापार संघ ,श्री भिम प्रसाद शर्मा – महासचिव , विशाल बजार व्यापार संघ, श्री जय राम सापकोटा ,- महासचिव , मार्ट संचालक संघ ,श्री कृष्ण प्रसाद पराजुली – अध्यक्ष , नेपा कम्पेल्क्स संघ , श्री भोज प्रसाद फुयाँल ( उमेश) – कार्यसमिति सदस्य , नेपाल वितरक संघ , श्री धुर्व प्रसाद अधिकारी – सहकोषाध्यक्ष , खुद्रा व्यापार संघ , श्री पुष्प राज सापकोटा – सचिव, जिल्ला समन्वय समिति , नेपाल बीउ व्यवसायी संघ , श्री त्रिलोक श्रेष्ठ – वरिष्ठ सदस्य , जुक्ता उत्पादक संघ नेपाल , श्री अच्युत उप्रेति – सूर्योदय सप्लायर्स , श्री सुरेन्द राज सुवेदी – कार्यसमिति सदस्य , खिचापोखरी न्यूरोड व्यापार संघ मनोनयन गरिएकाे थियाे । महिला समितिकाे सदस्य पदमा श्री सिता पराजुली – वरिष्ठ उपाध्यक्ष , कस्मेटिक व्यवसायी संघ , श्री उमा खड्का पाठक – का सदस्य , नेपाल शैक्षिक परामर्श संघ , श्री बिमला श्रेष्ठ- बिम्स इन्टरप्राईजेज ,श्री मीना क्षेत्री – जि.ए.टे्रड लिंक , श्री राजमति मर्हजन ,श्री कृष्ण प्रभा जोशी , श्री कृष्ण देवी मर्हजन ,श्री शान्ति श्रेष्ठ , श्री इन्दिरा दाहाल गौत्तम – झोल साबुन फ्याक्ट्री , श्री विना राना मगर – सेनेटरी प्याड पसल , श्री राधा लामा -चप्पल जुक्ता पसल , श्री यशोदा थापा मगर – दिदी बहिनी सेनिटरी , श्री सुनिता मर्हजन – झोल साबुन तथा कस्मेटीक , श्री नेहा विदुक्षे – ओम फुड प्रोडक्टस , श्री समुन्द्र परियार मनोनयन गरिएकाे थियाे ।
भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रम
२०८० माघ १२ गते – भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभाग द्वारा आयोजित कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , का.सदस्य श्री राजेन्द्र संग्रौला ले सहभागीता जनाउनु भएको थियो । उक्त कार्यक्रममा उद्योगी व्यवसायीले भन्सार सम्बन्धी भोग्नुपरेको समस्या एवं कठिनाई बारेमा अध्यक्षज्यूले धारणा राख्नु भयो ।
कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता

अमृत भोग इभेन्ट भेन्यु , कालिकास्थानमा यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठले कृषि , पर्यटन तथा उद्योग समितिलाई पूणर्ता दिएको थियो । उक्त समितिको सभापतिमा संघका सह – कोषाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि सदस्य श्री नानिराज घिमिरे छन् । यसै गरी सहसभापतिमा नेपाल समुन्द्र निकासी पैठारी संघका का. सदस्य श्री राम चन्द्र खेतान छन् । उक्त समिति अन्तर्गत कृषि उपसमिति , पर्यटन उपसमिति र उद्योग उपसमिति गठन गरीएको छ । समितिमा तपशिल बमोजिमका उद्योगी , व्यवसायीहरुलाई मनोनित गरी मनोनयन पत्र वितरण गरिएको थियो । उद्योग समिति अन्तर्गत सदस्यहरुमा रामचन्द्र खेतान, होमनाथ उपाध्याय, कुमार तिमिलसिना, विश्व नाथ खनाल, अजय सिंह कार्की, हरिप्रसाद भण्डारी, धुर्व गौत्तम, विजय अधिकारी छन् ।कृषि उपसमितितर्फ अजित बजगाईं, सरोज श्रेष्ठ, हिरामणि शर्मा र अनिस अग्रवाल छन् ।त्यस्तै, पर्यटन उपसमितितर्फ गंगा प्रसाद नेपाल, केदार नाथ कट्टेल, कृष्णबहादुर सुवेदी, शिवप्रसाद पौडेल र ऋषिराम अर्याल नियुक्त भएको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।मनोनित भएका सम्पूर्णलाई मनोनयन पत्र वितरण गरिएको छ ।समितिको वैठकमा नेपालको उत्पादन क्षेत्र विकास र प्रवद्र्धन गर्ने बारे बृहत छलफल समेत भएको थियो ।
नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभा

२०८० माघ ०६ – अनुपम फुडल्याण्ड , गौशालामा सम्पन्न नेपाल वितरक संघको २२ औँ वार्षिक साधारण सभामा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , महासचिव श्री दुर्गा राज श्रेष्ठ र का.सदस्य श्री प्रेम हरि मैनाली उपस्थिति थियो । उक्त सभाबाट यस संघका का.सदस्य एवं वाणिज्य , आपूर्ती तथा उपभोक्ता समितिका सभापति श्री प्रेम हरि मैनाली नेपाल वितरक संघको उपाध्यक्ष पदमा निर्वाचित भएको थियो
Interaction with Ms.Inmaculada Riera , Director of Spain Chamber of Commerce

नेपाल भ्रमणमा रहनु भएका Spain chamber of commerce का प्रबन्ध निर्देशक Ms.Inmaculada Riera र यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ बीच दुई देश बीचको व्यापरिक सम्बन्ध कायम गर्ने बारेमा मैत्रीपुणर् छलफल कार्यक्रम गरियो ।
कर , राजस्व तथा भन्सार समिति गठन

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष श्री दिनेश श्रेष्ठज्यूले कर , राजस्व तथा भन्सार समिति लाई पूर्णता दिनुभएको छ। उक्त समितिको सभापतिमा कार्यसमिति सदस्य एवं NEFFA का वरिष्ठ उपाध्यक्ष श्री राजेन्द्र संग्रौला छन् भने समितिका सह – सभापतिमा बिशाल बजार व्यापार संघका अध्यक्ष श्री नरेन्द्र कुमार गुप्ता छन। यसै गरी उक्त समितिमा राष्ट्रिय व्यापार संघका अध्यक्ष श्री सरोज कुमार श्रेष्ठ , जुत्ता चप्पल इम्पोर्टर्स संघका अध्यक्ष श्री थानेश्वर ज्ञवाली , मार्ट संचालक संघका अध्यक्ष श्री रंजित लामिछाने , खिचापोखरी न्युरोड व्यापार संघका निवर्तमान अध्यक्ष श्री गणेश कुमार न्यौपाने , NEFFA का उपाध्यक्ष नरेश कुमार अग्रवाल , फूटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका महासचिव श्री ज्ञानेन्द्र प्रसाद दाहाल , रन्जना व्यापार संघका सदस्य श्री महेश पौडेल ,नेपाल बितरक संघ का सचीव श्री नवराज दहाल लगायत यस संघका साधारण सदस्यहरु श्री कुमार खरेल , श्री सहदेव बन्जारा , श्री गणेश कार्की , श्री गणेश टन्डन लाई मनोनयन गरी मनोनयन पत्र वितरण गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र भक्तपुर उद्योग वाणिज्य संघ बीच भातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (MOU ) एकआपसमा हस्तान्तरण कार्यक्रम

२०८० पौष २६ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र भक्तपुर उद्योग वाणिज्य संघ बीच समस्त उद्योग वाणिज्य क्षेत्रको हित र प्रवद्र्धनका लागि भातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्र (MOU ) एकआपसमा हस्तान्तरण कार्यक्रम यस संघको सचिवालयमा सम्पन्न गरीयो । उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्री दिनेश श्रेष्ठ , उपाध्यक्ष श्री जय प्रसाद शिवाकोटी , उपाध्यक्ष श्री राजेन्द्र शेरचन , महासचिव श्री दुर्गा राज श्रेष्ठ र कोषाध्यक्ष श्री प्रदिप मान प्रधान उपस्थिति थियो । यसैगरी भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष श्री शिव प्रसाद मानन्धर , उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपाने , उपाध्यक्ष श्री राजेन्द्र प्रसाद प्रजापति , उपाध्यक्ष श्री गणेश हरि प्रजापति, महासचिव श्री दिनेश गोसाई , कोषाध्यक्ष श्री सचिन्द्र प्रधानाङ्ग , का.सदस्य श्री अमर मानन्धर , का.सदस्य श्री नविन प्रजापति उपस्थिति थियो ।
कार्यशाला गोष्ठी २०८०

होटल कन्ट्री भिल्ला , नगरकोटमा यस संघको कार्यशाला गोष्ठी सम्पन्न भयो।
Luncheon Interaction Program with Indian Delegates

२०८० असोज २१ – याक प्यालेस , पुल्चोकमा गोदावरी उद्योग वाणिज्य संघ, चन्द्र्रागिरि उद्योग वाणिज्य संघ , यस संघ र छिमेकी मुलुक भारतबाट फुड , बेभरेज एण्ड हस्पिटालिटि एक्जिभिजन मा भाग लिन आउनुभएका उद्योगी व्यवसायीहरु बीच (Luncheon Interaction Program with Indian Delegates ) अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।